५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्न हो : प्रधानमन्त्री « Khabarhub

५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्न हो : प्रधानमन्त्री


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बजेटमार्फत विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्नको लागि भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सो रकम धेरै नभएको बताएका हुन् ।

‘साँच्चीकै अहिले नै हामी विद्युतीय युगमा जान सकिने अवस्था छैन, अहिले नै हरेक किचनमा बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्, त्यसको क्षमतालाई विकास गर्न पैसा चाहिन्छ, त्यही पैसाको लागि ५० युनिट भन्दा माथि चाहिँ ५ प्रतिशत भ्याट लगाउने कुरा अर्थमन्त्रीले गर्नुभएको छ, त्यो धेरै रकम होइन, सय रुपैयाँमा ५ रुपैयाँ हो’, उनले भने ।

‘त्यो के मा खर्च हुन्छ भन्दाखेरि देशभरी ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरी ट्रान्समिसन लाइनको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ अनि मात्रै हामी साँच्चीकै विद्युतीय युगमा जानसक्छौँ त्यसको लागि नपाल सरकार अग्रसर छ’, उनले थपे ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : १८ बजे

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक