म्यान्मारका राष्ट्रपति भारत भ्रमणमा जाँदै « Khabarhub

म्यान्मारका राष्ट्रपति भारत भ्रमणमा जाँदै


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्मारका राष्ट्रपति मिन आङ ह्लाइङ मे ३० देखि जुन ३ सम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । म्यान्मारको सत्ता सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हुन सक्ने भारतीय विदेश मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

आफ्नो भारत भ्रमणका क्रममा राष्ट्रपति ह्लाइङले जुन १ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सैन्य विद्रोह गरेर सत्ता कब्जा गरेको पाँच वर्षपछि गत अप्रिल ३ मात्र उनी म्यान्मारको संसदबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

राष्ट्रपति ह्लाइङ सुरुमा अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आइबिसीए) सम्मेलनमा भाग लिन भारत जाने तय भएको थियो । तर उक्त सम्मेलन स्थगित भएपछि उनको यो भ्रमणलाई औपचारिक भ्रमणमा परिणत गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ६ : २४ बजे

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको