नाइजेरिया : विद्यालय अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा « Khabarhub

नाइजेरिया : विद्यालय अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लागोस – मेको मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको विरोधमा नाइजेरिया युनियन अफ टिचर्स (एनयुटी)ले ओयो राज्यमा सोमबारदेखि शैक्षिक हडतालको आह्वान गरेको छ ।

नाइजेरियाको सेनाले बोको हराम भनिने जिहादी समूह दोषी भएको आरोप लगाएका बन्दुकधारीहरूको समूहले दक्षिणपश्चिमी राज्य ओयोका तीन विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरेका थिए ।

नाइजेरियामा कोको हराम र अन्य केही अतिवादी मुस्लीम समूहहरूले सरकारलाई आफूविरूद्धको कारबाहीलाई कम गर्न दवाव दिन लामो समयदेखि विद्यालयहरूमा आक्रमण गर्ने र विद्यार्थीसहित शिक्षक तथा कर्मचारीलाई अपहरण गर्ने गरेको पाइन्छ ।

फिरौतीका लागि अपहरण उत्तरी नाइजेरियाका लागि निरन्तरको प्रमुख समस्या हो तर नाइजेरियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्यमध्ये एक ओयोका लागि सामूहिक अपहरण असामान्य घटना हो । अधिकारीहरूका अनुसार यहाँ हालै सात जना शिक्षकहरू र दुई देखि १६ वर्षका २५ देखि ३९ जना बालबालिकाहरू अपहरण भएका छन् । उनीहरुको खोजी कार्य जारी छ ।

एनयुटीले ओयो राज्यका प्राथमिक र माध्यमिक विद्यालयका शिक्षकहरूलाई सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि विद्यालयमा काम बहिस्कार ९हडताल० गर्न आग्रह गरेको छ । युनियनले भनेको छ, “अपहरणकर्ताहरूले हाम्रा सहकर्मी र शिक्षार्थीहरूलाई उनीहरूको समयानुकूल उद्धार र सुरक्षित रिहाइको कुनै स्पष्ट सङ्केत बिना निरन्तर हिरासतमा राखेको’ विरोधमा हडताल गरिएको हो ।”

यो अवस्थाले शिक्षकहरूमा डर र निराशा सिर्जना गरेको छ, अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन निरुत्साहित गरेको छ र राज्यका सबै समुदायहरूमा त्रास र तनाव निम्त्याएको छ। शिक्षक युनियनले सरकारलाई ‘अपहरणकारीहरूलाई सुरक्षित रूपमा र कुनै ढिलाइ नगरी फिर्ता ल्याउने रणनीतिहरू तीव्र पार्न’ आग्रह गरेको छ र शिक्षकहरूलाई घरमै बस्न र ‘निर्देशन पालना गर्न’ सल्लाह दिएको छ।

बन्दुकधारीहरूले यावोता समुदायमा रहेको ‘ब्याप्टिस्ट’ नर्सरी र प्राइमरी र नजिकैको एसिलेका दुई अन्य विद्यालयहरूमा एकैसाथ छापा मारी विद्यार्थी, शिषक तथा कर्मचारीहरूलाई अपहरण गरेको थियो । नाइजेरियाको प्रहरीले उक्त घटनाहरूलाई ‘समन्वित आक्रमण’ भनेको छ।

‘क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया’ले ३९ जना बालबालिका र सात शिक्षकलाई विद्यालयबाट अपहरण गरिएको जनाएको छ भने राज्यका गभर्नरले २५ जना विद्यार्थी र सात शिक्षकलाई पक्राउ गरिएको बताएका छन् । नाइजेरियाली सेनाले अमेरिकी सेनासँग मिलेर देशको उत्तरी क्षेत्रमा जिहादीविरुद्ध अभियान बढाएपछि यसले केही समूहलाई दक्षिणतर्फ भाग्न बाध्य पारेको छ।

आइतवार राष्ट्रपति बोला तिनुबुले ओयो राज्यमा विद्रोहीलाई लक्षित गरी एक हजार वनपाले भर्ती गरिरहेको र उनीहरूले त्यहाँ सरकारका मन्त्री र राष्ट्रिय प्रहरी महानिरीक्षक सम्मिलित ‘उच्च–स्तरीय’ प्रतिनिधिमण्डल पठाउन लागेको बताएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ९ : ३१ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द