महालेखा सुझाव पालना गरे बेरुजु घट्छ : प्रदेश प्रमुख खापुङ « Khabarhub

महालेखा सुझाव पालना गरे बेरुजु घट्छ : प्रदेश प्रमुख खापुङ


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयको सुझाव अनुसार सम्बन्धित निकायले कार्य गरे बेरुजु घटाउन र मितव्ययिता कायम गर्न सहयोग पुग्ने बताएका छन् । 

विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखापरीक्षक कार्यालय कोशी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को आठौं प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले बेरुजु र अनियमित खर्चले प्रदेशलाई मात्र नभई मुलुककै अर्थतन्त्रलाई प्रभाव पारिरहेकोले महालेखापरिक्षकको कार्यालयको सुझाव अक्षरशः पालना हुनुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख खापुङलाई नायब महालेखा परीक्षक श्रीकुमार राईले वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए । 

प्रतिवेदन हस्तान्तरण गर्दै नायब महालेखा परीक्षक राईले कोशी प्रदेश बाग्मती र गण्डकी प्रदेश पछि कम बेरुजु भएको प्रदेश भएको जानकारी दिए ।  

कार्यक्रममा आर्थिक वर्ष ०८१/८२ मा कोशी प्रदेशमा १ दशमलव शून्य ६ प्रतिशत बेरुजु पाइएको जानकारी दिइएको थियो । 

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव, कर्मचारी र महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेका थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १ : २२ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि