हङकङ प्रदर्शनमा २ गम्भीर घाइते « Khabarhub

हङकङ प्रदर्शनमा २ गम्भीर घाइते


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङ्‍कङमा सोमवार भएको विरोध प्रदर्शनको क्रममा कम्तीमा दुईजना गम्भीर घाइते भएका छन्। घाइते भएका पहिलो व्यक्ति एक प्रदर्शनकारी हुन्। उनीमाथि प्रहरीले बिहान गोली चलाएको हो।

फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो। अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन्।

मुठभेड भइरहँदा प्रहरीले थप दुई गोली चलाएपनि भिडियोमा त्यो गोली कसैलाई लागे नलागेको प्रष्ट नदेखिएको बीबीसीले जनाएको छ ।

घाइते अर्का व्यक्ति भने बेइजिङका समर्थक रहेको र उनले प्रदर्शनकारीहरूसँगको वादविवाद पछि आफैँलाई आगो लगाएको बताइएको छ।

हङ्‍कङका प्रमुख कार्यकारी क्यारी लामले सोमवार बेलुकी प्रदर्शनकारीहरूको माग पूरा नहुने बताएकी छन्।

प्रदर्शनकारीहरूले खुकुलो प्रजातन्त्र र प्रहरी उत्तरदायित्वको माग गरिरहेका छन्।

गोली लागेको व्यक्तिको शल्यक्रिया भएको र उनको अवस्था गम्भीर रहेको अस्पतालसम्बन्धी अधिकारीले बताएका छन्।

ती अधिकारीले अरूलाई गोली लागेको आफूलाई थाहा नभएको बताए।

गएको शुक्रवार अश्रुग्यास प्रहारपछि विद्यार्थीहरू भाग्दै गर्दा एकजना विद्यार्थीको मृत्यु भएपछि प्रदर्शन उग्र भएको हो।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ४९ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे