हङकङ प्रदर्शनमा २ गम्भीर घाइते | Khabarhub Khabarhub

हङकङ प्रदर्शनमा २ गम्भीर घाइते


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङ्‍कङमा सोमवार भएको विरोध प्रदर्शनको क्रममा कम्तीमा दुईजना गम्भीर घाइते भएका छन्। घाइते भएका पहिलो व्यक्ति एक प्रदर्शनकारी हुन्। उनीमाथि प्रहरीले बिहान गोली चलाएको हो।

फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो। अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन्।

मुठभेड भइरहँदा प्रहरीले थप दुई गोली चलाएपनि भिडियोमा त्यो गोली कसैलाई लागे नलागेको प्रष्ट नदेखिएको बीबीसीले जनाएको छ ।

घाइते अर्का व्यक्ति भने बेइजिङका समर्थक रहेको र उनले प्रदर्शनकारीहरूसँगको वादविवाद पछि आफैँलाई आगो लगाएको बताइएको छ।

हङ्‍कङका प्रमुख कार्यकारी क्यारी लामले सोमवार बेलुकी प्रदर्शनकारीहरूको माग पूरा नहुने बताएकी छन्।

प्रदर्शनकारीहरूले खुकुलो प्रजातन्त्र र प्रहरी उत्तरदायित्वको माग गरिरहेका छन्।

गोली लागेको व्यक्तिको शल्यक्रिया भएको र उनको अवस्था गम्भीर रहेको अस्पतालसम्बन्धी अधिकारीले बताएका छन्।

ती अधिकारीले अरूलाई गोली लागेको आफूलाई थाहा नभएको बताए।

गएको शुक्रवार अश्रुग्यास प्रहारपछि विद्यार्थीहरू भाग्दै गर्दा एकजना विद्यार्थीको मृत्यु भएपछि प्रदर्शन उग्र भएको हो।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ४९ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल