रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’ बाइक नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’ बाइक नेपाली बजारमा, यस्ता छन् विशेषता


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- इण्डियन मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’ बाइक नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले सो बाइक नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार केहि दिन अघि नै नेपाल भित्रिसकेको सो मोटरसाइकललाई अबको एक हप्ता भित्र सार्वजनिक गरिनेछ ।

‘इन्टरसेप्टर ६५०’ लाई रोयल इन्फिल्डको एउटा अलग्गै टेस्ट भएको मोटरसाइकलको रुपमा लिने गरिएको छ । यस मोटरसाइकलको सवल पक्षको रुपमा यसको इञ्जिनलाई लिइन्छ । यस मोटरसाइकलमा ६४९ सीसी प्यारालल-ट्वीन इञ्जिन दिइएको छ जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क प्रदान गर्दछ ।

यस मोटरसाइकलमा भएको डवल सिलिण्डर इञ्जिनले भाइब्रेसन विल्कुलै उत्पन्न गर्दैन भने यसमा दिइएको ओएल तथा एयर कुलिङ्ग टेक्नोलोजीले इञ्जिन तात्ने समस्यालाई पनि कम गर्दछ । त्यसैगरी, ६-स्पिड गियरबक्स भएको यस मोटरसाइकलमा स्लिपर क्लच पनि समावेस गरिएको छ ।

कम्पनीका अनुसार १४ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको इन्टरसेप्टर ६५० ले २५ केएमपीएल हाराहारीको माइलेज र १६० केएमपीएच प्लसको टप स्पिड दिन्छ ।

यस मोटरसाइकलका दुबै चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने सेफ्टि फिचरको रुपमा डुअल-च्यानल एबीएस दिइएको छ । त्यसैगरी, यस मोटरसाइकलको रेट्रो लुक्स कायम राख्नका लागि यसमा कन्भेन्स्नल टेलिस्कपिक फर्क तथा ट्वीन शक एब्जर्बर्सहरुलाई सस्पेन्सनका रुपमा जडान गरिएको छ ।

विवेक अटोमोवाइल्सले जनाए अनुसार नेपालमा हाल इन्टरसेप्टर ६५० लाई मात्र सार्वजनिक गरिने छ भने रोयल इन्फिल्डकै ६५० सीसीको अर्को उत्पादन ‘कन्टिनेन्टल जिटि ६५०’ लाई चाहिँ केहि पछि मात्र नेपाल भित्र्याउने कम्पनीकाे योजना रहेको छ ।

नेपालमा लञ्च पश्चात इन्टरसेप्टर ६५० को बजार मूल्य १२ लाख रुपैयाँको हाराहारी पर्न आउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ५७ बजे

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय