पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो « Khabarhub

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्ब ७० करोड  अमेरिकी डलर पुगेको जनाइएको छ । यसअघि अप्रिलको निर्यात दुई अर्ब ४७ करोड डलर रहेको पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) ले सार्वजनिक गरेको व्यापारीक तथ्यांकले जनाएको छ ।

अघिल्लो महिनाको तुलनामा मे महिनामा आयात २१.४५ प्रतिशतले घटेर पाँच अर्ब २९ करोड डलरमा झरेको जनाइएको छ, जसले मासिक व्यापार घाटा ३९.४३ प्रतिशतले घटाएर  दुई अर्ब ५९ करोड डलरमा झारेको छ ।

वार्षिक आधारमा निर्यात सन् २०२५ को मे मा दुई अर्ब ६७ करोड डलरबाट १.२६ प्रतिशतले बढेर सन् २०२६ मे मा  दुई अर्ब ७० करोड डलर पुगेको बताइएको छ । सोही अवधिमा आयात पाँच अर्ब ६६ करोड डलरबाट ६.६३ प्रतिशतले घटेर पाँच अर्ब २९ करोड डलरमा झरेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०२५–२६ (जुलाई–मई) को पहिलो ११ महिनामा पाकिस्तानको निर्यात अघिल्लो आर्थिक वर्षको समान अवधिमा २९ अर्ब ५६ करोड डलरबाट ५.६ प्रतिशतले घटेर २७ अर्ब नौ करोड डलरमा झरेको जनाइएको छ ।

यस अवधिमा आयात ५.९४ प्रतिशतले बढेर ६२ अर्ब ६६ करोड डलर पुगेको छ । यसको परिणाम स्वरूप जुलाई – मे को अवधिमा देशको व्यापार घाटा १७.४८ प्रतिशतले बढेर ३४ अर्ब ७६ करोड डलर पुगेको पीबीएसको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १ : ३५ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति