पूर्वश्रम स्वीकृति अघि नै मलेसिया जाने ८० हजार कामदारबाट उठाइयो २५ करोड « Khabarhub

पूर्वश्रम स्वीकृति अघि नै मलेसिया जाने ८० हजार कामदारबाट उठाइयो २५ करोड


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-म्यानपावर कम्पनीले मलेसिया जाने कामदारबाट पूर्व श्रमस्वीकृति नै नलिई इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) बापतको रकम लिएको पाइएको छ ।

८० हजार कामदारबाट आईएससीबापत २५ करोड ७० लाख रुपैयाँ उठाइएको जिएसजीका सञ्चालक गोविन्द थपलियाले जानकारी दिए ।

मलेसिया रोजगारीका लागि जाने विदेशी श्रमिकले अनिवार्य इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) परीक्षण गर्नुपर्छ । मलेसिया जाने कामदारले आईएससीका लागि ३ हजार २ सय रुपैयाँ जीएसजी संस्थालाई तिर्नुपर्ने प्रावधान छ ।

यसरी मलेसियाको रोजगारीका लागि आईएससी परीक्षण गरेर तिरेको ६३ प्रतिशत रकम मलेसिया भित्रिने गरेको छ।

इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) गर्ने जिम्मा पाएको जीएसजी संस्थाका अनुसार १ लाख श्रमिकको आइएससी गरिसकेको छ । जसमा २० हजारले पुनः नवीकरण गरेका छन् ।

आईएससी गरेका ८० हजार कामदार मध्ये २० हजार कामदार मलेसिया जान पाउने निश्चित पनि नभएको जिएसीले जनाएको छ । यसरी रोजगारीमा जाने निश्चित नै नभएका कामदारबाट उठाइएको २५ करोड ६१ लाख रुपँयौ मलेसिया पठाउने तयारी जीएसजी सञ्चालक थपलियाले बताए ।

जिएसजीमार्फत आईएससी गरेको १३ प्रतिशत भ्याटसहित २७ प्रतिशत अर्थात ६ लाख ९३ हजार ९ सय रुपैयाँ भने सरकारको खातामा जम्मा भएको छ । त्यो भन्दा बाहेक श्रमिकले तिरेको सबै पैसा मलेसिया जाने गरेको जिएसजी जनाएको छ ।

‘जिएसजी गराएका श्रमिकको ६३ प्रतिशत पैशा मलेसिया जान्छ । नेपाल सरकारलाई १३ प्रतिशत भ्यानसहित २७ प्रतिशत आउँछ । त्यो भन्दा बाहेकको रकम मलेसिया पुग्छ,’ थपलियाले भने ।

उनका अनुसार नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिकमा भएको श्रम सम्झौतामा पनि यो विषय खुलाएको छ ।

‘एक हप्तायता जिएसजीले पुर्वश्रम स्वीकृतिको नम्बर नभएका श्रमिकको आइएससी गर्ने छाडेको छ,’ उनले भने, ‘वैदेशिक रोजगार विभागले गत साता जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा लिएको पैसा तत्काल फिर्ता सूचना जारी गरेको थियो । त्यसपछि पुनःश्रम स्वीकृति नभएका श्रमिकको आइएससी गर्ने छाडेको छौं ।’

विभागले सूचना जारी गर्नुअघि १ हजारको हाराहारीमा आइएससीका लागि श्रमिकको आवेदन आउने गरेको थियो । तर, सूचना जारी गरेपछि ५० जनामा मात्र आइएससी गर्न आउने गरेको थपलियाले बताए ।

श्रमिकको पैसा फिर्ता गर्न विभागको निर्देशन

दुई देश भएको श्रम स्वीकृति अनुसार नै मलेसिया जाने कामदारको आईएससी गरेको जिएसजीले जानकारी दिएको छ । तर, विभागले भने गत साता नै सूचना जारी गरेर जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा लिएको पैसा तत्काल फिर्ता गर्ने सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

म्यानपावरले वैदेशिक रोजगारीको प्रक्रिया नै शुरु नगरी पैसा उठाउने गरेको गुनासो वैदेशिक रोजगार विभागमा आएपछि आफूहरुले म्यानपावर व्यवसायीलाई सचेत गराएको विभागका महानिर्देशक डा.भिष्म भुषालले जानकारी दिए । यसरी सचेत गराएपछि पुर्व श्रम स्वीकृति लिएका कामदार मात्र आइएससी लिइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारले ल्याउने गुनासोलाई उचित स्थान दिएर समस्या समाधान गर्न विभाग तयार रहेको भन्दै भुषालले शुरुमा म्यानपावर कम्पनीलाई सचेत गराएको र उनीहरुले अटेर गरे कानूनी कारबाही प्रक्रिया अघि बढाउने दाबी गरे । तर, अहिले पुर्व श्रम स्वीकृति लिएका कामदारको मात्र आइएससी मात्र लिइरहेको सूचना पाएको महानिर्देशक भुषालले बताएका छन् ।

जिएसजीका सञ्चालक थपलियाले पनि अहिले पुर्वश्रम स्वीकृति नम्बर भएका मलेसिया जाने श्रमिकको आइएससी गरिरहेको जानकारी दिएका छन् ।

विभागले सूचना जारी गर्नुअघि करिब १ हजार जना आइएससी गर्ने आउने गरेका अहिले दैनिक ५० जना मात्र आउने गरेका जिएससीले जानकारी दिएको छ ।

यदि फेरि पुनःश्रम स्वीकृति नदिइ आईएससी गरेको थाहा पाए म्यानपावर, मेडिकल र जिएसजीलाई पनि कारवाही गर्ने विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : ५३ बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र