अपराध र भ्रष्टाचारको खुलासा गर्ने पत्रकार दुश्मनको निशानामा ! « Khabarhub

अपराध र भ्रष्टाचारको खुलासा गर्ने पत्रकार दुश्मनको निशानामा !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अपराध तथा भ्रष्टाचारको खुलासा गर्ने पत्रकार दुश्मनको निशानामा पर्ने गरेको खुलासा भएको छ ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले सार्वजनिक गरेको प्रतिवेदनले राजनीति, अपराध र भ्रष्टाचारको विषयमा समाचार लेख्ने पत्रकार निशानामा पर्ने गरेको देखाएको हो ।

युनेस्कोले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो दुई वर्षमा हत्या भएका पत्रकार मध्ये ५५ प्रतिशत युद्धग्रस्त क्षेत्रभन्दा फरक स्थान अर्थात राजनीतिक, अपराध र भ्रष्टाचारका विषयमा समाचार लेख्ने पत्रकार रहेको उल्लेख गरिएको छ ।

विगतमा युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जाने पत्रकारको ज्यान बढि जोखिममा पर्ने गरेको पाइए पनि विगत २ वर्षको तथ्या‌कलाई हेर्दा यी क्षेत्रमा कलम चलाउने पनि उच्च जोखिममा रहेको पाइएको छ ।

प्रतिवेदनमा सन् १९९३ देखि अहिलेसम्म १ हजार ३६० जना पत्रकारको हत्या भएको छ। त्यस्तै २००६ देखि २०१८ सम्म १ हजार १ सय ९ पत्रकारको हत्या भएको उल्लेख छ। सबैभन्दा धेरै इराममा पत्रकार मारिएका छन् । इराकमा मारिने पत्रकारको संख्या १९६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा पनि ८ जना पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एसियाली राष्ट्रमा भारत सबैभन्दा पत्रकारको हत्या हुने देशको सूचीमा रहेको उल्लेख गरिएको छ ।

समाचार लेखेकै आधारमा भारतमा ४१, बंगलादेशमा २१, पाकिस्तानमा ११, श्रीलंकामा १२ जना पत्रकारको हत्या भएको छ । पत्रकार हत्यामा संलग्नमध्ये ९० प्रतिशतले सजाय पाएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : ४७ बजे

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

हलभित्र मतगणना, बाहिर परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको