चिकित्सक नहुँदा स्वास्थ्य केन्द्र पुगेका बिरामी उपचारबाट वञ्चित | Khabarhub Khabarhub

चिकित्सक नहुँदा स्वास्थ्य केन्द्र पुगेका बिरामी उपचारबाट वञ्चित


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– रोल्पाको होलेरी बजारमा रहेको ३ सैय्याको होलेरि प्राथमिक स्वास्थ्य केन्द्र बिगत एक महिना देखि चिकित्सक विहीन बनेको छ ।

चिकित्सकको अभावमा उपचार र एक्सरे तथा भिडियो एक्सरे सेवा लगायत आवस्यक सेवा प्रभावित हुँदा उपचारका लागि आएका बिरामी मारमा परेका छन् ।

४ घन्टाको पैदल हिँडेर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरलाई आफ्नो गर्भास्था चेक गराउन आएकि संगिता परियारले स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा आफ्नो गर्भास्था चेक गराउन नपाएको गुनासो गरिन् ।

उनले भिडियो एक्सरे समेत गर्न नपाएका कारण अर्को जिल्ला जानु पर्ने भएको बताइन् । स्थानीय स्तरमा नै उपचार नपाउँदा उनी जस्तै अन्य बिरामी खर्चिलो स्वास्थ्य सेवा लिन बाध्य भएका छन् ।

स्वास्थ्य केन्द्र पुगेका अर्का बिरामी प्रेम सुनारले पनि स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्वास्थ्य उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्य भएको गुनासो पोखे ।

बिरामीहरुका अनुसार स्वास्थ्य केन्द्रमा औषधिहरुको समेत अभाव रहेको हुँदा धेरै जसो औषधि निजि क्लिनिकमा किन्नु जानु परेको बताउँछन् ।

स्वास्थ्य केन्द्रमा डाक्टर नहुदा विभिन्न कारण बाट मृत्यु भएका मृत शबहरुको पोस्टमार्टम गर्न छिमेकी जिल्ला दाङ जानू पर्ने हुँदा महँगो र खर्चिलो हुने हुदा रोल्पाली जनता लाई थप आर्थिक भार पर्ने गरेको गुनासो स्थानीय समाजसेवि देबेन्द्र बहादुर बोहराले बताए ।

स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर कर्मचारी समायोजनका कारण सरुवा भएर वाहिरी जिल्ला गएको र आउनु पर्ने डाक्टर समयमा नआउँदा समस्या भएको र केही औषधिहरुको अभाव भएकोले बिरामीहरु लाई उचित स्वास्थ्य सेवा र सबै औसधि दिन नसकेको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख बुद्धिजीवी सिजवालले बताए ।

गाउँपालिकामा चालु आर्थिक बर्षको बजेट निकासीमा ढिलाइ भएकोले समयमा औसधि खरिद गर्न नसकिएको बताउँदै डाक्टरका बारेमा माथिल्लो निकाय संग पहल भैरहेको गाउँपालिका स्थित स्वास्थ्य संयोजक गणेश बहादुर बुढाले बताए ।

यता स्थानीयबासिले भने गाउँमा रहेको स्थानीय सरकारले स्वास्थ्य समस्या जस्तो संबेदनसिल विषयमा समयमै चासो नदिँदा हजारौं नागरिकहरु उचित स्वास्थ्य सेवा पाउन बाट बन्चित हुनुमा स्थानीय सरकारको कमजोरी रहेको बताएका छन् ।

३ सैया रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबी एस डाक्टर , एक जना एच ए , एक जना स्टाफ नर्स, तीन जना अहेव, तीन जना अनमी , एक जना ल्याब असिस्टेन्ट र दुई जना कार्यालय सहयोगिको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : ५५ बजे

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – हालको राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच

अबको बाटो: राजनीतिक पुनर्जागरण-पुनर्निर्माण

मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ ।