मकालु गाउँपालिका अध्यक्षका लागि सात वटा पार्टीले दिए उम्मेदवारी « Khabarhub

मकालु गाउँपालिका अध्यक्षका लागि सात वटा पार्टीले दिए उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

आसन्न मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली कांग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र सङ्घीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिएको निर्वाचन आयुक्त तिलकबहादुर कार्कीले जानकारी दिए ।

मकालु बजार नुम यतिखेर सात राजनीतिक दलका नेता तथा कार्यकर्ताले बिहानैदेखि खचाखच भएको छ । नेकपाका नेता तथा सांसद राजेन्द्रप्रसाद गौतम, प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, तुलसीप्रसाद न्यौपाने, नेकपाका नेता हेमराज घिमिरे, नवीन कार्कीलगायत सयौँको सङ्ख्यामा उपस्थित भएर मनोनयनपछि कोणसभा गरिएको छ ।

यसैगरी नेपाली कांग्रेसले बृहत् र्‍यालीका साथ नुम बजारमा कोणसभा गर्दै चुनावी वातावरण आफ्नो पक्षमा पार्न पूर्वराज्यमन्त्री तारामान गुरुङ, दीपक खड्का एवं पूर्व सांसद टङ्कप्रसाद राई, पासाङडुक्पा शेर्पा, नेता दिपन श्रेष्ठ लागेको पार्टी नेता ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

यता खाँदबारी नपा–३ को वडाध्यक्षको उम्मेदवारीमा नेकपाबाट भरत घिमिरे र नेपाली कांग्रेसबाट विक्रम गुरुङको उम्मेदवारी परेको निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : २८ बजे

पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी