कपिलवस्तुमा वडाध्यक्षका लागि १२ जनाको उम्मेदवारी | Khabarhub Khabarhub

कपिलवस्तुमा वडाध्यक्षका लागि १२ जनाको उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहार, नेपाली काङ्ग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट महोम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारमा शिवलाल यादव, शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ । शान्त व्यवस्थित तरिकाले उम्मेदवार दर्ता भएको निर्वाचन अधिकृत लोकजङ्ग शाहले बताउनुभयो । वडा नं १० को निर्वाचनमा बुधबार मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ०१ बजे

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि