कपिलवस्तुमा वडाध्यक्षका लागि १२ जनाको उम्मेदवारी « Khabarhub

कपिलवस्तुमा वडाध्यक्षका लागि १२ जनाको उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहार, नेपाली काङ्ग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट महोम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारमा शिवलाल यादव, शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ । शान्त व्यवस्थित तरिकाले उम्मेदवार दर्ता भएको निर्वाचन अधिकृत लोकजङ्ग शाहले बताउनुभयो । वडा नं १० को निर्वाचनमा बुधबार मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ०१ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट