सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार « Khabarhub

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा फसेका १४ जना स्थानीय महिला तथा बालिकाको सकुसल उद्धार गरेको छ ।

आइतबार अपराह्न ३ः४० बजे मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदीस्थित सो घाटको बीच भागमा रहेको अग्लो स्थानमा रही उद्धारका लागि याचना गरिरहेका ११ महिला एवं तीन बालिका गरी १४ जनाको प्रहरीले सकुशल उद्धार गरको हो ।

सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर योञ्जनको नेतृत्वमा खटिएको १७ जनाको टोलीले रवरको डुङ्गा प्रयोग गरी नदीमा फसेका सबैको उद्धार गरेको सशस्त्र प्र्रहरी बेसक्याम्प गौरका प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले जानकारी दिए । उद्धार गरिएका सबैलाई उनीहरूको घरसम्म पुर्‍याएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : १२ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा