आज २०८३ साल असार ८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल असार ८ गते सोमबारको राशिफल


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६ जुन २२ तारिख। जेठ शुक्ल पक्षको अष्टमी तिथि ।गोरखकाली पूजा ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । सानो कुराले मनमा खटपटी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । आफन्तबाट धोका हुनेछ । प्रेम सम्बन्धमा मनमुटाव बढ्नेछ । हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।

वृष : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । काम गर्ने क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ । मन प्रशन्न हुनेछ । विदेशी रमझमले तपाईंलाई आकर्षित गर्नेछ । सामाजिक सेवाको अवसर जुट्नेछ ।

मिथुन : आफन्तसँग जोगिएर काम गर्नुपर्ने दिन छ । मनको कुरा सार्वजनिक गर्दा फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट : दिन सहज छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । कार्यक्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारमा घुमघामको तय हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ । विवादमा भने सहभागी नहुनु उचित हुन्छ ।

सिंह : दिन राम्रो छ । तपाईंले हरेक काममा सफलता प्राप्त गर्नुहुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ । शत्रु परास्त हुनेछन् । शिक्षामा थप मिहिनेत गर्नु उचित हुनेछ । मनमा उत्साह बढ्नेछ ।

कन्या : मिहिनेत गर्नु पर्ने दिन छ । साना कुरामा घमण्ड बढ्नेछ । काम गर्दा सचेत हुनुपर्ने दिन छ । साथीसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । कसैसँगको संयुक्त लगानीमा गरेको कामबाट लाभ हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारले भने तपाईंको आलोचना गर्नेछन् ।

तुला : दिन सामान्य छ । अरुलाई समय दिँदा परिवारलाई समय नपुग्ने जोखिम छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षाको तयारीमा भए मिहिनेत गर्नुपर्ने देखिन्छ । उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिमा भने अघि नबढ्नु उचित हुन्छ ।

वृश्चिक : दिन सहज छ । सोचेको काम बन्नेछ । रोगबाट मुक्त हुने दिन हो । विपक्षीलाई सानो ठानेमा घाटा हुने छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

धनु : अनावश्यक विषयमा आरोपको सामना गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ । आफन्तबाट धोका हुने जोखिम छ । घर व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ । प्रेम सम्बन्ध भने सफल बन्ने दिन छ ।

मकर : हरेक काममा जोगिएर काम गर्नु उचित हुनेछ । साना कुरामा रिस उठ्ने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ । साथीभाइसँग अविश्वास बढ्नसक्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षामा भने जोस र जाँगर बढ्ने छ ।

कुम्भ : दिन सामान्य छ ।  राजनीतिक संगठनमा थप मिहिनेत गर्नु उचित होला । शिक्षाको क्षेत्रमा लगानी गरेको भए जोस र जाँगर बढ्नेछ । परिवारमा सल्लाह गरेर महत्त्वपूर्ण निर्णय लिनु राम्रो हुनेछ । हरेक काममा मिहिनेतको खाँचो देखिन्छ ।

मीन :दिन राम्रो छ । काम गर्दा परिवारको साथ लिनु उचित हुनेछ ।  सहकर्मीसँग गरेको सहकार्यबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नेछ । दैनिक काम सहजै बन्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : १३ बजे

पत्रकारका नाममा वडाध्यक्षमाथि केरकार र दुर्व्यवहार, यसअघि पनि पक्राउ परेकी थिइन् ऐश्वर्या

धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि दुर्व्यवहार तथा

स्वास्थ्य मन्त्रालयले माग्यो प्रचलित विधायनहरूको विवरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभाग तथा संघीय

बाँझो जमिनको २० रोपनीमा स्याउखेती

ढोरपाटन– तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरी

५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल बन्द

एजेन्सी– रूसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि

इरान-अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त