होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र « Khabarhub

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी) ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै रिपोर्ट गरेको छ । 

एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेको समेत जनाइएको छ ।

संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णय पछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ। 

आधिकारिक तथ्यांकले यस अघिको हप्तामा ६९ वटा जहाजहरू खाडीबाट बाहिर निस्किएको देखाएको छ जुन एक हप्ता अघि मात्र २४ वटा थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किए पछिको सबै भन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यही भएको जनाइएको छ । 

द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानवीय क्षति र  आर्थिक नोक्सान हुनुका साथै लामो समय सम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यहरूमा संकट ल्याएको जनाइएको छ । 

अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार द्वन्द्वका कारण १४ जना डुंगा चालकहरूको  मृत्यु भएको छ भने ४० वटा भन्दा बढी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण भएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ५१ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन