ताकम र शिवाङमा सडक कालोपत्र « Khabarhub

ताकम र शिवाङमा सडक कालोपत्र


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र गरिएको छ । 

पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित दरवाङ–मुना–ढोरपाटन सडक योजनामार्फत ताकम र शिवाङको बस्तिभित्र कालोपत्र गरेर धुलो र हिलोमुक्त बनाइएको हो । 

ताकम र शिवाङमा ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँले बताए । 

कालोपत्र भएपछि ताकमवासी उत्साहित भएका छन् । धवलागिरी गाउँपालिकामा यसअघि कालोपत्र सडक थिएन् । चिल्लो सडकको पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल देखिन्छ । पक्की सडकले गाउँको सौन्दर्यतासँगै पर्यटकीय सम्भावना बढाएको धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ६ किलोमिटर दूरीमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजना सम्पन्न हुने चरणमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख बानियाले बताए । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ जेठमा रामसागर बिके एस केबीएस धौलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । गौथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । 

धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक धौलागिरि गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । प्रदेश सरकार मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।  

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ ।

धौलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत वर्ष सडकले जोडिएको थियो । रासस

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र