अशक्तलाई घरमै नागरिकता « Khabarhub

अशक्तलाई घरमै नागरिकता


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता उपलब्ध गराउन थालेको छ ।

यस क्रममा जन्मजात पूर्णरूपमा अपाङ्गता भएकी पाँचखाल नगरपालिका–४ की विनिता बोलखेलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । 

शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असहज हुने भएकाले प्रशासनले विशेष व्यवस्था गर्दै घरमै सेवा उपलब्ध गराएको प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । उनीलगायतको टोलीले आवश्यक प्रक्रिया पुर्‍याई विनितालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

नागरिकता प्राप्त गरेपछि विनिताको परिवार खुसी भएको छ । विनिताका बुबा विष्णुप्रसादले नागरिकता प्राप्त गर्न सहज वातावरण बनाइदिएकामा सबैलाई धन्यवाद दिए । ‘अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा प्राप्त गर्न विभिन्न कठिनाइ हुन्थ्यो, यो प्रशंसनीय छ’, उनले भने । 

यसअघि प्रशासनलको टोलीले रोगले ग्रसित पाँचखाल–२ की सुनिता वाइबालाई घरमै नागरिकता प्रदान गरेको थियो । क्यान्सर रोगका कारण घरबाहिर निस्कन नसक्ने अवस्थामा रहेकी उनलाई निवासमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयले आवश्यकताको आधारमा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । उनले उमेर पुगेका अशक्त एवं अपाङ्गता भएका व्यक्तिका परिवारलाई कार्यालयमा सम्पर्क गर्न सार्वजनिक अपिल समेत गरेका छन् । 
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र