रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी « Khabarhub

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान भइरहेको छ ।

गएराति साढे १२ बजेबाट सुरु भएको मतदान आज बिहान ११ बजेसम्ममा सकिने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

रास्वपाको केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ केन्द्रीय सदस्य निर्वाचन मार्फत चुनिने छन् । जसका लागि ३८४ जनाको उम्मेदवारी रहेको छ । बाँकी पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ। पार्टीको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

रास्वपामा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँचजना निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी रहेकाे छ ।

प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा ८ जना पदाधिकारीका लागि मतदान हुनेछ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन् । पहिलाे चरणकाे मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुनेछ ।

राति अबेरसम्म मतदान प्रक्रियामा ढिलाइ हुँदा प्रतिनिधिहरुले नेतृत्वविरुद्ध नारावाजी सुरु गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ७ : १४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र