सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर « Khabarhub

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ ।

कृषितर्फ आधुनिक प्रविधि, सिँचाइ विस्तार, उन्नत बीउ तथा समुचित मलको प्रयोगलाई प्राथमिकता दिई उत्पादन, उत्पादकत्व वृद्धि तथा लागतमा न्यूनीकरण गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।

किसान सूचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्याङ्क सङ्कलन सम्पन्न गरी ‘कृषि तथा पशुजन्य वस्तुको उत्पादन, कृषकको पहिचान’ भन्ने मूल नाराका साथ कृषकको वर्गीकरण गरी कृषक पहिचानसहित परिचयपत्र वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नमूना क्षेत्र निर्धारण गरी विषादीरहित उत्पादनमा प्रोत्साहन गर्दै जैविकखेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउने उपमहानगरपालिकाको योजना छ ।

तरकारी तथा फलफूल उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गर्न कृषक समूह तथा कृषि सहकारीमार्फत अम्बा, मेवा, लिची, केरा, ड्रागन, एभोकाडोलगायतका फलफूलको क्षेत्र विस्तारका कार्यक्रमअन्तर्गत ‘बारीदेखि बजारसम्म’को नीति अवलम्बन गरिने नगरप्रमुख लामाले बताउनुभयो । इज्जतको कमाइ कोषमार्फत’ महिला किसान प्रोत्साहन कार्यक्रम महिला कृषकको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : १६ बजे

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य