थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान « Khabarhub

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’ जडान भएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत सञ्चालन गरिएको यो योजनाबाट खाँदबारी नगरपालिका–६ सङ्खुवासभाका स्थानीयको घरघरमा धारा जडान गरिएपछि सहजता भएको हो । 

आयोजना सम्पन्न भएसँगै टाढाबाट पानी बोक्ने बाध्यता हटेको र दैनिक जीवन सहज बनेको स्थानीयवासीले बताएका छन् ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष उमनाथ सारु मगरका अनुसार आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव झेलिरहेका ३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । 

‘पहिले घण्टौँ हिँडेर पानी ल्याउनुपर्थ्यो, अहिले घरमै धारा जडान भएपछि निकै सहज भएको छ’, उनले बताए ।

यस आर्थिक वर्षमा आयोजनाको इन्टेक निर्माण गरिएको छ भने सिरान टोलमा १४ घनमिटर क्षमताको ट्याङ्कीबाट वितरण लाइन विस्तार गरी ३३ परिवारमा धारा जडान गरिएको हो । 

आगामी आर्थिक वर्षमा थप १० घनमिटरको ट्याङ्की निर्माण गरी वितरण प्रणाली अझ विस्तार गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

कूल अनुमानित लागत श्रमदानसहित रु एक करोड ७० लाख १३ हजार ६३२ रहेको यो आयोजना आर्थिक वर्ष २०७९/८० देखि सुरु गरिएको हो । 

दीर्घकालीन रूपमा १०२ घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको यस योजनाले क्रमशः आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ । 

स्थानीयका अनुसार, आयोजनाले पानीको सहज पहुँच मात्र नभई सरसफाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । 

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ११ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र