रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने « Khabarhub

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका महाधिवेशन प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्ने भएका छन्।

चितवनमा जारी महाधिवेशनमा सहभागी हुन नसकेका विदेशस्थित प्रतिनिधिहरूका लागि डिजिटल मतदानको व्यवस्था गरिएको पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार मोबाइल एपमार्फत मतदान प्रक्रिया केहीबेरमै सुरु गरिनेछ। प्रवासमा रहेका प्रतिनिधिहरूले सोही माध्यमबाट केन्द्रीय समिति तथा पदाधिकारी चयन प्रक्रियामा आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।

रास्वपाले प्रवासमा रहेका सदस्य तथा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न पहिलोपटक प्रविधिमैत्री मतदान प्रणाली अपनाएको जनाएको छ।

पार्टीका अनुसार विभिन्न देशमा रहेका २०० भन्दा बढी महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुने अपेक्षा गरिएको छ।

चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रक्रिया सञ्चालन भइरहेको छ। पार्टीले देशभित्रका प्रतिनिधिसँगै विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न मोबाइल एपमार्फत मतदानको व्यवस्था गरेको हो।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  २ : २४ बजे

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य