देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु  « Khabarhub

देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु 


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

यस अवधिमा ३० वटा विपद्का घटना दर्ता भएका छन्, जसमा सर्पदंशका घटनाले सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार ७ जिल्लामा भएका ११ वटा सर्पदंशका घटनामा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । यस्तै, ४ जिल्लामा भएका ४ वटा पहिरोका घटनामा परी १ जनाको ज्यान गएको छ ।

प्राधिकरणका अनुसार आगलागीका ५ वटा घटनामा १ जना घाइते भएका छन् । यसबाहेक वन डढेलोका ३, चट्याङका ३, हावाहुरीका २, बाढी र जनावर आक्रमणका १–१ वटा घटना दर्ता भएका छन् । विपद्का यी घटनाबाट देशका २४ जिल्ला प्रभावित भएका छन् । घटनाबाट अनुमानित १४ लाख ४८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

राहत, खोज तथा उद्धार कार्यका लागि देशभर १२७ जना प्रहरी परिचालन गरिएको छ । आगलागीका घटनामा ३७ जना, सर्पदंश प्रभावित क्षेत्रमा ३३ जना तथा पहिरो प्रभावित क्षेत्रमा २७ जना प्रहरी परिचालन गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  २ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र