‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’ « Khabarhub

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय विश्वस्त रहेको बताउँदै उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क र डेटा इन्ट्रीको प्रमाणीकरण गर्न विशेष समिति गठन गरिएको जानकारी दिएका छन् । उनले यस समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको समेत प्रतिनिधित्व रहने मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको बरु आवश्यक जनशक्ति थप गरेर तथा अनावश्यक प्रशासनिक झन्झटहरू छोट्याएर तोकिएकै समयमा नतिजा ल्याइएको प्रष्ट पारेका छन् ।

नतिजा प्रक्रियालाई लिएर भइरहेको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउन पाउने सबैको अधिकार सुरक्षित रहने उल्लेख गरेका छन् । उनले आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका नकारात्मक र असम्मानजनक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले शान्तिपूर्ण रूपमा आफ्नो माग राखिरहेका कुनै पनि व्यक्ति वा समूहमाथि सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा अपमान नगर्न सबैलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ६ : १२ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७