रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने « Khabarhub

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी रहेका बेला प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले पार्टीलाई संस्थागत, समावेशी र जनमुखी बनाउन आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताइन् ।

उनले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने क्रममा संगठनलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

विश्वकर्माले पार्टीभित्र महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् । रास्वपाले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका एजेन्डालाई संगठनको तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : २७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र