रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने « Khabarhub

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धामा रञ्जु दर्शना प्रवेश गरेकी छन् । हालसम्म महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो महिला नेतृ बनेकी छन् ।

खुला समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी रञ्जु पूर्व विवेकशील साझाकी महामन्त्रीसमेत हुन् । विवेकशील साझाबाट राजनीतिक यात्रा अघि बढाएकी उनी रास्वपामा प्रवेश गरेपछि पार्टी संगठन निर्माण र वैचारिक बहसमा सक्रिय रहँदै आएकी छन् ।

रञ्जुले खुला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने निर्णयसँगै नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ। अहिलेसम्म अधिकांश पुरुष नेताहरूले मात्र महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका बेला रञ्जुको उम्मेदवारीलाई महिला नेतृत्वको बलियो उपस्थितिका रूपमा हेरिएको छ ।

महाधिवेशनको सुरुआती चरणमा सांसद सोबिता गौतमले महामन्त्री पदमा उम्मेदवारी दिने चर्चा भए पनि उनले अन्ततः महिला उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र