स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध « Khabarhub

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

उपसभापति पदका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठले आफूले पार्टीभित्रको सहमतिलाई प्राथमिकता दिँदै वाग्लेलाई निर्विरोध निर्वाचित हुन सहयोगस्वरूप उम्मेदवारी फिर्ता लिएको बताएका छन्। श्रेष्ठ हाल ऊर्जा मन्त्री हुन्।

यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले पनि महामन्त्री पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

यद्यपि महामन्त्री पदमा भने अझै धेरै नेताहरूको आकांक्षा रहेकाले उक्त पदमा सहमति जुट्ने सम्भावना कम रहेको पार्टीका नेताहरूको भनाइ छ। त्यसैले महामन्त्री पदका लागि प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र