पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने « Khabarhub

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले साइबर क्राइमको मुद्दामा काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यममा सम्बद्ध रहेका ढकालले आफ्नो फेसबुक अकाउण्टमार्फत् प्रहरी प्रमुख दानबहादुर कार्की तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलविरुद्ध विभिन्न टिप्पणी सार्वजनिक गरेका थिए। सोही विषयलाई लिएर उनका विरुद्ध इलाका प्रहरी कार्यालय, इटहरीमा जाहेरी दर्ता भएको थियो।

नयाँ बानेश्वर प्रहरी वृत्तका अनुसार सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो। अदालतबाटै अनुमति लिएर नियन्त्रणमा लिइएकाले उनलाई थप अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : ५८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र