सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी « Khabarhub

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा बाँस्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

बास्कोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपाकी नेतृ सोबिता गौतमलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। उनले सोबिता गौतमसँगको तस्बिर सार्वजनिक गर्दै आफ्नो निर्णयबारे जानकारी दिएकी छन्।

उनको उम्मेदवारी फिर्तासँगै उपसभापति पदको प्रतिस्पर्धामा सोबिता गौतम थप बलियो बनेकी छिन्।

समीक्षा बास्कोटा यसअघि ‘शील साझाका’ अध्यक्षका रूपमा परिचित थिइन्। उनी प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी थिइन्। पार्टी प्रवेशपछि उनी विभिन्न सङ्गठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : १६ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत