महामन्त्रीमा प्रमोद न्यौपानेको उम्मेदवारी, दीपक बोहरा पदाधिकारी दौडबाट बाहिर « Khabarhub

महामन्त्रीमा प्रमोद न्यौपानेको उम्मेदवारी, दीपक बोहरा पदाधिकारी दौडबाट बाहिर


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रमोद न्यौपानेले उम्मेदवारी दिएका छन्। अर्कोतर्फ, पार्टी सभापति रवि लामिछानेका निकट मानिने दीपक बोहराले भने कुनै पनि पदाधिकारी पदमा उम्मेदवारी दिएका छैनन्।

पार्टीभित्रको प्रारम्भिक छलफलमा बोहराले महामन्त्री वा सहमहामन्त्रीमध्ये कुनै एक पदमा उम्मेदवारी दिने चर्चा भए पनि अन्ततः उनले कुनै पदका लागि मनोनयन दर्ता गरेनन्।

स्रोतका अनुसार सुरुमा प्रमोद न्यौपानेलाई पार्टीको प्रवक्तामा मनोनित गर्ने तयारी थियो। तर उनले निर्वाचनमार्फत नेतृत्वमा पुग्ने इच्छा व्यक्त गरेपछि महामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।

यससँगै, पार्टीले दीपक बोहरालाई प्रवक्ताको जिम्मेवारी दिने सम्भावना बढेको स्रोतको दाबी छ। यस विषयमा पार्टी नेतृत्वबीच छलफल जारी रहेकाले औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन।

दीपक बोहरा हालसम्म सरकारमा मन्त्री, संसदीय समिति वा अन्य कुनै प्रमुख जिम्मेवारीमा नरहेकाले उनलाई पार्टीको प्रवक्ताको भूमिकामा ल्याउने सम्भावनालाई बलियो रूपमा हेरिएको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ४२ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत