अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै « Khabarhub

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ । 

व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो ।

 कार्यालयको अगुवाइमा सामुदायिक वन, निजी जग्गा तथा अन्य उपयुक्त क्षेत्रमा रोपण सुरु भएको हो । किसानलाई कार्यालयले प्राविधिक परामर्श पनि दिने गरेको छ । 

वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार टिमुरखेतीलाई अभियानकै रूपमा अघि बढाइएको छ । ‘कृषक तथा स्थानीयलाई यसतर्फ आकर्षित गरी उनीहरूको आय बढाउनु अभियानको उद्देश्य हो ।’, उनले भने, ‘५०० भन्दा बढी बिरुवा रोपण गर्ने कृषक तथा समूहलाई उनीहरूका घरमा नै बिरुवा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।’

 सन्धिखर्क नगरपालिकाको दुर्गाफाँट, भूमिकास्थान नगरपालिकाको पोखेडाँडा, शितगङ्गा नगरपालिकाको डोहोटे तथा मालारानी गाउँपालिकाका खन र मथुरालगायत क्षेत्रमा नर्सरीमा बिरुवा उत्पादन हुँदै आएको छ । 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ११ : २७ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत