मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू « Khabarhub

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने नेताहरू भिडिहने बताएका छन् ।

महामन्त्रीका केही उम्मेदवारहरूले महामन्त्रीकै अर्का उम्मेदवार विपिन आचार्यलाई सहयोग गर्दै पछि हटेपछि उनले यस्तो कटाक्ष गरेका हुन्।

महामन्त्रीको दह्रिलो दाबेदारका रूपमा रहेका झाले आलोकाँचो राजनीति गर्न नहुने भन्दै उम्मेदवारी फिर्ता लिनेमाथि व्यंग्य कसेका हुन् ।

 ‘यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन । हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने ?’ उनले भने, ‘सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् निरन्तर लागिरहन्छन् ।’

आचार्यलाई सहयोग गर्नेगरी सभापत रवि लामिछानेका विश्वास पात्र प्रमोद न्यौपाने, गणेश पराजुली र कविन्द्र बुर्लाकोटी महामन्त्रीको दौडबाट हटेका थिए । उनीहरूमाथि मनिष खन्निएका हुन् ।

महामन्त्रीको दौडमा रहेका १० नेताहरूमध्ये यसअघि नै ललितपुरका जगदीश खरेलले पनि दाबेदारीबाट पछि हटेको घोषणा गरिसकेका थिए । अहिले पदाधिकारीका लागि चुनाव हुँदैछ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र