भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ « Khabarhub

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको जनाएको छ ।

बिहीबार जारी गरिएको सरकारी विज्ञप्तिमा प्रहरीले मन्दिरका कर्मचारीहरूसहित आठ जनालाई पक्राउ गर्दै चन्दा वितरणमा अनियमितता भएको आरोपमा बिहीबार आपराधिक मुद्दा दर्ता गरिएको जनाएको छ ।

तीमध्ये अधिकांश नगद र भक्तहरूले दान गरेको सुन र चाँदीसहितका बहुमूल्य वस्तुहरू गणना वा व्यवस्थापन गर्नमा संलग्न रहेको मिडियाहरुले रिपोर्ट गरेका छन् । मिडिया रिपोर्टहरूले चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुन सक्ने बताएका छन् ।

पक्राउ परेका आठजना माथि आपराधिक विश्वासघात, चोरी, आपराधिक षड्यन्त्र र भ्रष्टाचारको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयलाई हेर्ने विशेष अनुसन्धान टोली गठन गरेको  र कुनै पनि दोषी व्यक्तिलाई नछोडिने प्रतिबद्धता गरेको विज्ञप्तिमा उद्धृत गरिएको छ । 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : ३६ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका