भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ « Khabarhub

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको जनाएको छ ।

बिहीबार जारी गरिएको सरकारी विज्ञप्तिमा प्रहरीले मन्दिरका कर्मचारीहरूसहित आठ जनालाई पक्राउ गर्दै चन्दा वितरणमा अनियमितता भएको आरोपमा बिहीबार आपराधिक मुद्दा दर्ता गरिएको जनाएको छ ।

तीमध्ये अधिकांश नगद र भक्तहरूले दान गरेको सुन र चाँदीसहितका बहुमूल्य वस्तुहरू गणना वा व्यवस्थापन गर्नमा संलग्न रहेको मिडियाहरुले रिपोर्ट गरेका छन् । मिडिया रिपोर्टहरूले चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुन सक्ने बताएका छन् ।

पक्राउ परेका आठजना माथि आपराधिक विश्वासघात, चोरी, आपराधिक षड्यन्त्र र भ्रष्टाचारको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयलाई हेर्ने विशेष अनुसन्धान टोली गठन गरेको  र कुनै पनि दोषी व्यक्तिलाई नछोडिने प्रतिबद्धता गरेको विज्ञप्तिमा उद्धृत गरिएको छ । 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र