बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ? « Khabarhub

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा पाण्डेले आफ्नो छोराछोरीले जुन उमेरमा बिहे गरिदिए हुन्थ्यो भन्ने लाग्छ । त्यही उमेर विवाहको लागि योग्य हुने बताएकी छिन् ।

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समिति तथा नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा ‘करणी सम्बन्धी कसुरको कानूनी व्यवस्था, न्यायिक अभ्यास र लैङ्गिक विश्लेषण’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो सन्तान परिपक्व भएर बिहे गरिदिए हुन्थ्यो भन्ने चाहना राख्नेले अरूको छोराछोरीले १६ वर्षमा बिहे गर्दा हुन्छ भन्नु न्याय संगत नभएको बताएकी छिन् । 

उनले उक्त कार्यक्रममार्फत प्रश्न गरेकी छिन्, ‘आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ? आफ्नो हकमा लागू नहुने विषय अरूलाई गर भन्नु जायज हुन्न भन्ने तर्क राखेकी छिन् । समग्रमा उनले विवाहको उमेर १८ वर्ष भन्दा कम गर्न नहुने उल्लेख गरेकी छिन् ।
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ०४ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने