स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल « Khabarhub

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन  प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले विश्वविद्यालयको दीक्षित हुने सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गरे । ‘यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित हुनुभएको रहेछ’, उनले भने, ‘अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित हुनुभएको छ ।’

मन्त्री पोखरेलले स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।’

विश्वविद्यालयका छ वटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन सङ्कायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टले प्राप्त गरेका छन् । उक्त विश्वविद्यालयबाट यसपटक विद्यावारिधि (पीएचडी) गर्ने पहिलो महिला छात्राका रूपमा डा तुलसीकुमारी शर्मासमेत दीक्षित भएकी छन्  ।
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : १६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने