तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता « Khabarhub

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त तुलसी सहकारीका १५८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएको जानकारी दिएकी छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रावलले सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको बताएकी हुन्।

उनका अनुसार तुलसी सहकारीका १५८ जना बचतकर्तालाई पनि सोही प्रक्रियाअनुसार बचत रकम फिर्ता गरिएको हो।

मन्त्री रावलले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको उल्लेख गरेकी छन्।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १ : १२ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने