तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता « Khabarhub

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त तुलसी सहकारीका १५८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएको जानकारी दिएकी छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रावलले सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको बताएकी हुन्।

उनका अनुसार तुलसी सहकारीका १५८ जना बचतकर्तालाई पनि सोही प्रक्रियाअनुसार बचत रकम फिर्ता गरिएको हो।

मन्त्री रावलले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको उल्लेख गरेकी छन्।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १ : १२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र