अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड « Khabarhub

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

धनगढीमा शनिबार आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने दायित्व सरकार, सुरक्षा निकाय, न्यायपालिका तथा सञ्चार क्षेत्र सबैको साझा जिम्मेवारी भएको बताए।

उनले राज्यका सबै निकाय एकअर्काका परिपूरक भएकाले आपसी समन्वय र सहकार्यबाट मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिने उल्लेख गरे।

‘जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकिए राज्यप्रति नागरिकको विश्वास अझ मजबुत हुन्छ,’ उनले भने।

मुख्यमन्त्री शाहले अपराध अनुसन्धान प्रणालीलाई समयसापेक्ष, व्यावसायिक र नतिजामुखी बनाउन आवश्यक रहेकोमा जोड दिँदै अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने दिशामा सम्बन्धित निकायले समन्वित रूपमा काम गर्नुपर्ने बताए।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  २ : ११ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा