वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा प्रवेश गरेको छ । 

विसं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियानले भने निरन्तरता पाउँदै आएको छ । 

महाअभियानबाट सफाइसम्बन्धी जागरण फैलिएको छ । सफाइ महाअभियानको ६८५औँ हप्तामा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरअघिका वाग्मती नदी  किनारमा आज सफाइ गरिएको छ । 

वाग्मती सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्य  टेकराज अधिकारी, स्थानीयवासीलगायतको सक्रियतामा भएको सफाइबाट लगभग एक मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । 

महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी आज उठाइएको फोहर  व्यवस्थापन गरिएको छ ।
 

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ४ : ३८ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका