कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन « Khabarhub

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र सङ्गठनात्मक अवस्था अझै कमजोर रहे पनि जनतामाझ पार्टीका एजेन्डा स्थापित भइसकेको बताएका छन्।

शनिबार काठमाडौं जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेयता राप्रपाको जनमत उल्लेखनीय रूपमा बढेको दाबी गरे।

उनले आगामी महाधिवेशनलाई पार्टी सुधार, सुदृढीकरण र पुनर्संरचनाको महत्वपूर्ण अवसरका रूपमा उपयोग गरिने बताए। नयाँ सोच, प्रभावकारी कार्यशैली र स्पष्ट योजनाका साथ पार्टीलाई थप सशक्त बनाइने उनको भनाइ थियो।

अध्यक्ष लिङ्देनले राप्रपाले उठाउँदै आएको राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई निरन्तर अघि बढाइने स्पष्ट गर्दै ती एजेन्डाप्रति जनसमर्थन बढ्दै गएको दाबी गरे।

कार्यकर्तालाई सङ्गठन विस्तार, जनसम्पर्क वृद्धि र पार्टीका एजेन्डा प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन सक्रिय हुन उनले आग्रह गरे।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ६ : ४० बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा