धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा « Khabarhub

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा, देशको भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति सम्मान र आभार व्यक्त गरेका हुन्।

उनले असार १५ केवल धान रोपाइँ गर्ने दिन मात्र नभई नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्ममा सीमित विषय नभई नागरिकको खाद्य सुरक्षाको सुनिश्चितता र संविधानको मर्मअनुसारको दायित्वसमेत भएको बताएका छन् ।

सभापति थापाले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राज्य, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय धान दिवसले कृषिप्रति सम्मान र उत्पादन वृद्धि गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १ : २८ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी