बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा « Khabarhub

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।  जिल्लाका नौवटै पालिकाका स्थानीयले जन्मेदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरिएको हो ।

यहाँका एक हजार ३४८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणामा त्रिवेणी नगरपालिकाका जन्मेदेखि १५ महिनाका २७४, गौमुलमा १७४, खप्तड छेडेदह गाउपालिकामा ३१०, स्वामीकार्तिक खापर गाउँपालिकामा २१८ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख खड्काले बताए।
 
यसैगरी, बडीमालिका नगरपालिकामा ३००, बुढीनन्दा नगरपालिकामा ३५३, बुढीगङ्गा नगरपालिकामा २३६, जगन्नाथ गाउँपालिकामा १६२ र हिमाली गाउँपालिकामा १८० जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।  
    
 एक खोप लगाएर अन्य चार खोप नलगाउने त्रिवेणी नगरपालिकाका एक जना, बडीमालिका नगरपालिकामा एक जना, बुढीनन्दा नगरपालिकामा एक जना र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वयंसेविका र स्थानीय तहका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन् । 

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १ : ३७ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले