किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड « Khabarhub

किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने धारणा व्यक्त गरेका छन् ।

संयोजक दाहालले रोपाइँको मुख्य समयमा किसानले सहज रूपमा रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री प्राप्त गर्ने वातावरण सुनिश्चित सरकारलाई सुझाव दिएका छन् । उनले कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि र किसानप्रतिको सम्मान बढाउने, उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने तथा कृषि क्षेत्रको समग्र विकासमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  २ : ३६ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको