काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफुविरुद्ध कुप्रचार भएको बताएका छन् ।
सोमबार काठमाडौमा आफूले लेखेको वैज्ञानिक समाजवाद की बहुदलीय जनवाद पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफुविरुद्ध कुप्रचार गरेको बताएकी हुन् । उनले कुप्रचारको खेल कसैले पनि नखेल्न सुझाव दिए ।
आफु एउटा गुट पनि नबनाएको मान्छे भएको भन्दै खनालले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रुपमा नबुझ्न आग्रह समेत गरे ।
वैज्ञानिक समाजवादको विचार समूह निर्माण पार्टी विभाजनका लागि नभई नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ ।
खनालले अहिले कम्युनिष्ट आन्दोलनमा खडेरी लागेकाले विचार, नीति, सिद्धान्तमा बहस गरेर पुन बलियो आन्दोलनको रुपमा ल्याएरै छाड्ने उद्घोष गरे ।
उनले दुई कार्यकाल उमेर हद बिना कुनै पनि कम्युनिष्ट पार्टी चल्नै नसक्ने तर्क गरे । कम्युनिष्ट पार्टीलाई एकीकृत र विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको उनले बताए ।
त्यस्तै नेकपा नेता भीम रावलले नेपालको राष्ट्रहितमा आघात पर्दा जनताको आवाजलाई संसदमा, सडकमा, कार्यक्रममा अभिव्यक्त गर्ने समाजवाद आवश्यक रहेको बताए । उनले पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउन नसक्ने धारणा राखे ।
रावलले विश्व साम्राज्य प्रभुत्व अन्तर्राष्ट्रिय वित्तीय शोषणबाट नेपाललाई बाहिर ल्याउने खालको समाजवाद आवश्यक रहेको उल्लेख गरे ।












प्रतिक्रिया