नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ६३२ दशमलव ९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८४ अंकले ओरालो लागेर ४५५ दशमलव ८३ मा सीमित भएको छ ।

कूल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर रु दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु ४५ खर्ब नौ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ बराबर रहेको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ । यस्तै सोपान फर्मासिटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मासिटिकल्स, एशियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ४ : ४४ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद