पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने « Khabarhub

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ । 

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । 

‘केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ’, उनले भने, ‘आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।’ 

उनले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताए । उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे । 

असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी देखिएको जनाउँदै डा दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्नसक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुनेहुँदा सङ्क्रमण बढ्न सक्ने बताए । 

ड्ङ्गीबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने उनले सुझाव दिए ।

कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । 

‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ’, उनले भने ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : ४९ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने