दश ओलम्पियन खेलाडी सम्मानित « Khabarhub

दश ओलम्पियन खेलाडी सम्मानित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आइतबार कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्‍याउने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको हो । 

परिषद्ले सबैलाई जनही ७० हजार रुपैयाँसहित दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको हो । 

बक्सिङका विष्णुबहादुर सिंह, बक्सिङकै डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका भरतबहादुर साउद, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सरस्वती भटराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना र पारा तेक्वान्दोका भरतसिंह महता सम्मानित भएका हुन् । 

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना र परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले दोसल्ला, प्रशंसापत्र र नगदसहित सम्मान गरे । 
 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ५३ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका