‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक « Khabarhub

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा– दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो ।

मङ्गलप्रसाद गन्धर्वद्वारा लेखिएको सो पुस्तक गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले विमोचन गरेका हुन् । सो पुस्तकका बारेमा गन्धर्व जातिको लोक संस्कृतिका शोधकर्ता प्रा डा कुसुमाकर न्यौपानले प्रकाश पारेका थिए ।

सो पुस्तकमा गन्धर्व जातिको उत्पत्ति, मनिराम गाइनेले नेपाल एकीकरणको समयमा पुर्याएको योगदान, पशुपतिनाथ, गोरखनाथ, मुक्तिनाथ, मनकामना, भैरवी देवीलगायत देवदेवीको मङ्गल, राग धनसिरा, वैशाखमा गाउने मल्हार राग, वसन्त राग, जेठमा गाउने राग, असारे राग, कलवाली राग, रामकली राग, सरुमै रागलगायतका विषयवस्तु पुस्तकमा समेटिएको छ ।

त्यस्तै दसैँमा गाउने मालश्री, कात्तिकमा गाउने चाँचरी, कृष्णलीला, निर्गुण, पृथ्वीनारायण शाहको, उजीरसिंह थापाको, सर्वजित रानाको, बुद्धिवल रानाको कर्खा, जङ्गबहादुर राणाको सवाई, चन्द्रशम्शेरको सवाई, गोरखा उदय गीत, दरबार हत्याकाण्डको, इराक घटनाको, जेनजी घटनाको सवाईलगायत विषयवस्तु पुस्तकमा समेटिएको छ । एक सय चार पृष्ठ रहेको सो पुस्तकमा गन्धर्वका ५५ वटा शीर्षकमा सांस्कृतिक विषयवस्तु सङ्ग्रहित छन् ।

बिसे नगर्चीका समकालीन मनिराम गाइनेले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानमा सारङ्गी रेट्दै आर्थिक सङ्कलन गरेको तथा विभिन्न राज्यमा गएर त्यहाँको आन्तरिक सूचना पृथ्वीनारायण शाहमा पुर्याएर योगदान गरेको इतिहासमा उल्लेख छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : ५२ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको