सिरियाको हामामा सरकारी सेनालाई लक्षित गरी आक्रमण, २१ सैनिकको मृत्यु « Khabarhub

सिरियाको हामामा सरकारी सेनालाई लक्षित गरी आक्रमण, २१ सैनिकको मृत्यु


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– सिरियाको हामा प्रान्तमा सिरियाली सेना र आतंकवादी संगठन अल कायदा सम्वद्ध विद्रोही समूहबीच भएको भीडन्तमा कम्तीमा २१ सिरियाली सेनाको ज्यान गएको छ ।
सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलीब प्रान्तको सीमा क्षेत्रको मसास्ना गाउँनजिक सिरियाली सेनालाई लक्षित गरी आक्रमण भएको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार विद्रोहीको आक्रमणमा ५ लडाकु पनि मारिएका छन् ।

आक्रमणको जिम्मेवारी अल कायदासम्बद्ध अन्सर अल तौहिद समूहले लिएको जनाइएको छ ।

सिरियाली सेनालाई लक्षित गरी भएको यो आक्रमणमा पछिल्ला केही महिनायता भएको सबैभन्दा घातक आक्रमण हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ३५ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट