अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण « Khabarhub

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको प्रत्युत्तरस्वरूप उक्त सैन्य कारबाही गरिएको जनाएको छ।

सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य तथा आसपासका क्षेत्रमा रहेका इरानका हवाई प्रतिरक्षा प्रणाली, कमान्ड तथा नियन्त्रण नेटवर्क, तटीय रडार केन्द्र, विमानविरोधी क्षेप्यास्त्र प्रणाली र इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना नौसैनिक जहाजलाई निशाना बनाएको छ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय व्यापारिक जलमार्ग प्रयोग गर्ने जहाजहरूमाथि इरानले निरन्तर आक्रमण गर्ने क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उल्लेख गरिएको छ।

सेन्टकमले हालै होर्मुज जलडमरूमध्य हुँदै गइरहेका तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेको पनि दाबी गरेको छ। ती जहाजमा मार्शल द्वीपसमूहको झण्डा बोकेको एम/टी अल-रक्कायत, साउदी अरेबियाको झण्डा बोकेको एम/टी विद्यान र लाइबेरियाको झण्डा बोकेको एम/टी साइप्रस प्रोसपेरिटी रहेका छन्।

यता, इरानका उपविदेशमन्त्रीले अमेरिकी आक्रमणको कडा प्रतिक्रिया जनाउँदै आफ्नो देशले यसको जवाफमा ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिएका छन्।

अमेरिका र इरानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावका कारण होर्मुज जलडमरूमध्यको सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप चुनौती उत्पन्न हुने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १ : ५३ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६