हर्कराज राईको प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, सांसदलाई धम्क्याउनेलाई किन केही नगरेको ? « Khabarhub

हर्कराज राईको प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, सांसदलाई धम्क्याउनेलाई किन केही नगरेको ?


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दै यस विषयमा रुलिङ गर्न माग गरेका हुन् । 

उनले संसद्को नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए त्यसले अराजकता निम्त्याउने धारणा राखे । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा नियमित उपस्थित गराउन समेत सभामुखको ध्यानाकर्षण गराए ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा एक युवालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको घटनाप्रति आपत्ति जनाए ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा तत्काल पक्राउ पर्ने तर सांसदहरूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिँदासम्म कुनै कारबाही नभएकोमा उनले आपत्ति जनाए । 

अध्यक्ष साम्पाङले सडक आश्रित दृष्टिबिहीनहरुको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै महिनादेखि कम्तीमा १०–१५ जनाबाट सुरु गरेर उनीहरूलाई रोजगारीको प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिए । 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  २ : ४१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान