काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय « Khabarhub

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

त्यसैगरि बैठकले ’विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ , ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ भने ’कारागार नियमावली, २०८३’ र  मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गरिएको प्रवक्ता पोखरेलले बताए । 

साथै बैठकले भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल :

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : १२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म